दफा ५१
दण्ड सजाय
(१) दफा ४४ वा दफा ५० बमोजिम ऋणको फाँटवारी दाखिल गर्नु पर्ने कर्तव्य भएको कुनै साहूले सो बमोजिम फाँटवारी दाखिल नगरेमा वा झुट्ठा फाँटवारी दाखिल गरेमा तोकिएको अधिकारीको आदेशले त्यस्तो साहूको सम्बन्धित ऋणको कानुनी मान्यता लोप हुनेछ र त्यसपछि त्यस्तो ऋणको सम्बन्धमा असामी उपर साहूको कुनै दावी लाग्नेछैन ।
(२)यस परिच्छेद बमोजिम दाखिल गर्नुपर्ने बचत दाखिल नगर्ने व्यक्तिलाई तोकिएको अधिकारीले रु. ५००।– सम्म जरिवाना गरी बचत असुल उपर गर्नेछ र तत्काल बचत असुल उपर हुन नसकेमा तोकिएको अधिकारीले अर्को सालको बाली रोक्का गरी बचत असुल उपर गर्नेछ ।
(२क) यस परिच्छेद बमोजिम असामी किसानबाट सोझै असुल नहुने कृषि सम्बन्धी ऋणको साँवा व्याजको रकम सोझै असुल गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले बढीमा रु. ५००।– पाँचसयसम्म जरिवाना हुनेछ र सम्बन्धित विगो समेत जफत हुनेछ ।
(३) … … …